
विद्युत् प्राधिकरण र मेवा डेभलपर्स प्रालिबीच ४९ मेगावाटको मध्य मेवा जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ। मध्य मेवाले प्राधिकरणको प्रणालीमा विद्युत्को उच्चतम माग भएका बेला (पिक) दैनिक ६ घण्टा विद्युत् ऊर्जा उत्पादन गर्नेछ।
पीपीएमा प्राधिकरणका तर्पmबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र मेवा डेभलपर्सका तर्पmबाट प्रवद्र्धक तथा ऊर्जाविद् भानु पोखरेलले हस्ताक्षर गरेका छन्। विद्युत् विकास विभागले सर्वेक्षण अनुमतिपत्र जारी गरेको २० महिनाभित्र यो आयोजनाको पीपीए भएको हो। ताप्लेजुङमा पर्ने यो आयोजनाबाट उत्पादित बिजुली त्यहाँको ढुंगेसाँघु सवस्टेसनमार्पmत कोसी कोरिडरमा जोडिनेछ। प्राधिकरणको कोसी कोरिडर प्रसारण लाइन (२२० केभी) को निर्माण कार्य तीव्र पारेको छ।
सम्झौताअनुसार मेवाको बिजुली ६ घण्टासम्मको सुक्खायामको पिकका लागि प्रतियुनिट १० रुपैयाँ ५५ पैसा, सुक्खायामकै सामान्य समय (अफ पिक) का लागि प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा खरिद गर्नेछ। मध्य मेवाले सुक्खायाममा नौ करोड ३० लाख युनिट र वर्षायाममा १९ करोड ७८ लाख युनिट बिजुली उत्पादन गर्नेछ। मध्य मेवाको पीपीए टेक अर पे (उत्पादित बिजुलीको भुक्तानी निश्चित गरिएको) मा भएको हो।मेवा डेभलपर्स ऊर्जा डेभलपर्सको ग्रुप कम्पनी हो। ऊर्जा डेभलपर्स प्रतिष्ठित व्यापारिक समूह सीई ग्रुपका अध्यक्ष विजयबहादुर राजभण्डारी, प्रवद्र्धक तथा ऊर्जाविद् भानु पोखरेल र ऊर्जा नीति विज्ञ मोहनदास मानन्धरको रणनीतिक साझेदारीमा स्थापित कम्पनी भएको यसका अध्यक्ष राजभण्डारीले बताए। मेवा डेभलपर्स ऊर्जा डेभलपर्सको सहायक कम्पनी हो। सीईका संस्थापक अध्यक्ष तथा प्रबन्ध निर्देशक राजभण्डारी ऊर्जा डेभलपर्सका पनि अध्यक्ष हुन्।