प्राथमिक उपचार तथा आधारभूत सिपिआर(CPR) तालिम

मध्य मेवा जलविद्युत आयोजनाले आयोजना प्रभावित स्थानीयवासी तथा परियोजनाको साइटमा कार्यरत कर्मचारीहरुलाई लक्षित गरी मिति २०७८ मंसिर ३–६ सम्म ४ दिने प्राथमिक उपचार तथा आधारभूत सिपिआर (CPR) तालिम सम्पन्न गर्‍यो । नेपाल रेड क्रस सोसाइटीका प्रशिक्षकहरुद्वारा आयोजना प्रभावित क्षेत्र र परियोजना साइटमा आपतकालीन स्थितिमा प्राथमिक उपचारका लागि तयार गर्नुका साथै सो क्षेत्रमा स्वास्थ्य र सुरक्षासम्बन्धी अभ्यासहरू सुधार गर्न सहयोग गर्न उद्देश्यका साथ सो तालिम प्रदान गरिएको थियो ।