पहूँच मार्ग निर्माण र भू–क्षय तथा पहिरो नियन्त्रण

मेवा डेभलपर्स लिमिटेडद्वारा प्रवद्धन गरिएको आयोजनाले दोभानदेखि थुकिमा र थुकिमादेखि तेम्बासम्म करीब २६ कि.मि भन्दा लामो पहूँच मार्ग निर्माण गर्नुका साथै भू–क्षय तथा पहिरो नियन्त्रणका लागि ग्याबियन वाल लगाउने कार्य सम्पन्न गरेको छ । त्यसैगरी, पहूँच मार्ग स्तरोन्नति अन्तर्गत विभिन्न स्थानमा स्टोन सोलिङ गरी सबै मौसमका लागि उपयोगी हुने सडक निर्माण गरेको छ । यस सडकमार्गबाट मिक्वाखोला तथा मेरिङ्देनका सम्पूर्ण स्थानीयवासीहरु लाभान्वित भएका छन् ।