फुङफुङे मन्दिर संरक्षण कार्य

मेवा डेभलपर्स लिमिटेडद्वारा प्रवद्धन गरिएको स्थानीय समूदायसँगको समन्वयमा मिक्वाखोला गाउँपालिकामा अवस्थित फुङफुङे मन्दिर संरक्षणका लागि पर्खाल निर्माण कार्य सम्पन्न गरेको छ । ताप्लेजुङ्ग जिल्लाको प्रसिद्ध पाथीभरा देवीको बहिनीहरुमध्ये एक भएको विश्वास गरिने उच्च धार्मिक मान्यता बोकेको सो मन्दिर पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण फुङफुङे झरना नजिकै अवस्थित रहेको छ ।